८ चैत्र २०७३, मंगलवार

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा बढुवाविरुद्धको रिटमा सर्वोच्च अदालतले जयबहादुर चन्दको नियुक्ती पत्र बदर गरेको छ ।

मंगलबार साँझ प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दलाई आईजीपीमा बढुवा गर्ने निर्णय बदर भएको फैसला सुनाएको हो ।

अदालतले प्रहरी नियमवली ४१ अनुसार आईजीपी नियुक्त गर्न सरकारलाई आदेश दिएको छ ।

यसअघि फागुन १ गते बनेको मन्त्रिपरिषदको बैठकले बरियतामा तेस्रो नम्बरमा रहेका चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

LIVE TV