८ चैत्र २०७३, मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुशीलकुमार श्रेष्ठले निर्वाचन आयोगले आफनो पार्टीको नेसर्गिक अधिकारमा हस्तक्षेप गरेको आरोप लगाउनुभएको । उहाँले आफ्ना एजेण्डाहरु लिएर जनताको माझमा जान पाउनु प्रजातान्त्रिक अभ्यासु भएको बताउनुभयो ।

न्यूज २४ को नियमित प्रस्तुती छ प्रश्नमा कुरा गर्दै नेता श्रेष्ठले संविधानका संशोधनीय विषयहरुबारे आफ्ना धारुणा जनतामाझ लैजान पाउनुपर्ने बताउनुभएको हो । उहाँले राजनीतिक दल विशेषको राजनीतिक एजेण्डामा प्रवेश गर्नु गलत भएको बताउनुभयो ।

नेता श्रेष्ठले आयोगले आफ्नो निर्णय फिर्ता नलिए आन्दोलनमा अझै सशक्तरुपमा जाने बताउनुभयो । संविधान संशोधनमार्फत आफ्ना एजेण्डाहरु अघि बढाउने उहाँको भनाई थियो ।

नेता श्रेष्ठले पार्टीले दिएको एक साताको समयसीमाभित्र आयोगले निर्णय नसच्याए सरकारबाट फिर्ता हुने र थप आन्दोलनमा जाने चेतावनीसमेत दिनुभयो ।

LIVE TV