८ चैत्र २०७३, मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले मणि हराएको नाग झै बनेको छ । उस्को उभिने आधार अर्थात आफ्नो सौद्धन्र्य ठानेको मुद्दा नै निर्वाचन आयोगले खोसिदिएपछि राप्रपा वास्तवमा एजेण्डाविहीन बनेको छ । संविधानले प्रत्याभूत गरेको व्यवस्था अनुसार नै आफुले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको मुद्दालाई विद्यानमा उल्लेख गरेको दावी गर्दै आएको राप्रपा यतिखेर हैसियतपूर्ण उपस्थितिका साथ सरकारमा पनि छ । निर्वाचन आयोगले आफ्नो मुद्दा खोसिदिएपछि सरकारबाट हट्नेसम्मको चेतावनी दिदै आएको राप्रपाले सोमबार त्यही हैसियत काठमाडौंको कान्तिपथको सडकमा देखायो । राप्रपालाई यो कार्य गर्न सुहाउथ्यो या सुहाउथेन, त्यस्को जवाफ भने जनताले निर्वाचनबाट दिने नै छन् ।
यस्तो छ आजका मर्निङ न्यूजका हेडलाईन्स् –
१. निर्वाचन आयोग घेराउ गर्न पुगेका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा केही सेल अश्रुँग्यास प्रहार ।
२. स्थानीय तहको निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण, केही दलहरुको अतिवादी विचारले निर्वाचन संकटमा पर्दै ।

३.सरकारले लिएको वाणिज्य नीतिका कारण निर्यात व्यापार १५ प्रतिशतले वृद्धि भएको वाणिज्य मन्त्री थकालीको जिकिर, निजी क्षेत्रसंगको सहकार्य महत्वपूर्ण ।

४.नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासमा वहस सकियो, सर्वोच्चले फैसला आज सुनाइने ।

५.र, रोल्पामा कभर्डहलको निर्माण भएपछि खेलाडीहरु उत्साहित, मार्सलआर्टका सबै विधा र व्याडमिन्टन तथा टेबलटेनिसका खेलाडीहरु हर्षित ।

LIVE TV