७ चैत्र २०७३, सोमबार

१. स्थानीय तह निर्वाचनका विषयमा मधेसी दलसँग सहमति नभएकोमा निर्वाचन आयोगद्धारा चिन्ता व्यक्त, निर्वाचनमा सबैको सहभागीताको सुनिश्चित हुनुपर्ने प्रमुख आयुक्तको भनाई ।
२. प्रहरी महानिरीक्षक नियुक्ती विवादमा हिजोदेखि सर्वोच्चमा सुरु भएको अन्तिम सुनुवाई आजपनि जारी, सरकारी वकिल र चन्दका वकिलले आज बहस गर्ने ।
३. आधुनिक नेपालको इतिहासमा पहिलो पटक स्थानीय सरकारको मौलिक प्रयोग भएको कमल थापाको कथन, सक्षम र सबल स्थानीय तह हस्तान्तरण गरिनुपर्ने ।
४. बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडसंगको अंक दूरी दुईमा झा¥यो, गएरातिको खेलमा भ्यालेन्सियामाथि चार दुईको प्रभावशाली जीत ।
५.र, सिरियाको राजधानी दमासकसको बाहिरीक्षेत्रमा सरकारी सेना र विद्रोही समूहबिच भीषण संघर्ष जारी, संघर्षमा गोप्य सुरुङ मार्गको समेत प्रयोग ।

LIVE TV