७ चैत्र २०७३, सोमबार

चायाँले खासगरि अहिलेका युवावर्ग बढि पीडित छन् । चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ । चाया पर्नुको खास कारणबारे अझै यकिन भने हुन सकेको छैन ।

प्रायः कपाल नकोर्ने, टाउको ननुहाउने, फुस्रो छाला भएका, चिसो मौसममा कोठा न्यानो पारेर बस्ने, बढी नुनिलो, गुलियो र मसालेदार खाना खाने तथा रक्सी सेवन गर्ने हरुमा चाया पर्ने सम्भावना बढी हुन्छ । जाडो मौसममा टाउकोबाट टोपी नझिक्ने, कम नुहाउनेहरुलाई चायाले उस्तै खेदो खन्छ ।

यस्तै, हृदयघात र मस्तिष्कघातबाट तंग्रिन लागेका बिरामी, जिंक तथा भिटामिनको कमी भएका, मानसिक तनाव भएका मानिसलाई पनि चायाले सताउँछ ।
उपचारः

चायाँले हैरान लगाएको छ भने, चर्मरोग विशेषज्ञको सल्लाह लिनुहोस ।

चाया हटाउन विभिन्न एन्टी डेन्ड्रफ सेम्फूहरु उचित प्रयोग गर्न सकिन्छ ।

सेम्फू छान्दा केटोकोनाजोल, सेलेनियम सल्फाइड, जिंक पैरिथियोन, सेलिसिलिक एसिक, कोल टार, टि–ट्री ओयलजस्ता औषधियुक्त सेम्फू छान्नुपर्छ ।

विभिन्न प्रकारका सेम्फूमध्ये आफूलाई उपयुक्त हुने सेम्फू छानिसकेपछि कम्तिमा एक महिना नियमित लगाउनुपर्छ । सुधार भएन भने सेम्फू बदल्न सकिन्छ । यसका लागि चर्म रोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।

सेम्फूमा दिइएको लगाउने तरिका राम्रोसँग पढ्नुपर्छ र त्यही अनुसार उपयोग गर्नुपर्छ ।सेम्फू प्रयोग गर्नुभन्दा पहिले पाप्राहरु उप्काउनुपर्छ ।

सेम्फू कम्तिमा पाँच मिनेटसम्म लगाउनुपर्छ । चाया नियन्त्रण नहुन्जेल दिनहँु तथा नियन्त्रण भइसकेपछि हप्तामा दुई–तीन पटक प्रयोग गर्नु उपयुक्त हुन्छ ।

सेम्फू लामो समयसम्म प्रयोग गरिसकेपछि सेम्फूप्रभावशाली नहुन पनि सक्छ । यस्तो अवस्थामा सेम्फू बदल्नु उचित हुन्छ ।
स्वस्थ छालाका लागि भिटामिनयुक्त साग–पात तथा फलफूल प्रसस्त मात्रामा खानुपर्छ ।

LIVE TV