६ चैत्र २०७३, आईतवार
  • विनय तिम्सिना,

इलाम । इलामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल माइपोखरी जाने सडकको ६ दशकपछि कालोपत्रे गर्ने कार्य सुरु भएको छ । झन्डै ६० वर्ष भन्दा अगाडि देखि ट्रयाक खोलेर गाडी कुद्न थालेको बिव्ल्याँटे माइपोखरी सडक सरकारले चासो नदेखाउँदा स्तरोन्नतिमा ढिलाई भएको हो ।

इलाम सदरमुकामबाट १२ किलोमिटर दुरीमा रहको रामसार क्षेत्रमा सुचीकृत माइपोखरी जानको लागि पर्यटकहरु कच्चीबाटाको कारण सास्ती व्यहोर्दै आएका थिए । बिव्ल्याँटे देखि ३ किलो मिटर सम्मको दुरी खनाल कन्स्ट्रकसन प्रा.लि.ले ३ करोड १२ लाखको ठेक्कामा कालोपत्रे गर्ने काम थालेको छ । दुई वर्ष अघि थालेको काम अहिले अन्तिम चरणमा पुगेको खनाल कन्स्ट्रक्सनका ठेकेदार सुमन खनालले जानकारी दिए ।
स्थानीहरुको प्रत्यक्ष सहभागितामा अहिले कालोपत्रे गर्ने काम भई रहेको छ । सुरुमा गुणस्तरीय काम नभएको भन्दै स्थानीयले विरोध गरेपछि अहिले काम राम्रोसंग भएको स्थानीयको भनाई छ । सडकको स्तरोन्नतिसंगै सजिलो र पर्यटकलाई राहत पुग्ने स्थानीयको भनाई छ ।
कालोपत्रे कार्यको अनुगमनमा पनि निर्माण सन्तोषजनक भएको र केही ठाँउमा पुनः वेस हाल्न लगाई गुणस्तरीय बनाउने कार्य भएको इञ्जिनियर ध्रुवकुमार झाले बताए ।
उक्त सडक संसद विकास कोष अन्र्तगत आएको बजेट मार्फत निर्माण भईरहेको हो । सडकको स्तरोन्नतिसंगै स्थानीय तथा इलाम घुम्न आएका पर्यटकको यात्रा सहज हुनेछ । उत्तरी इलामको पर्यटकीय स्थतहरु टोड्के झरना, छिन्टापु, सन्दकपुरसम्म पुग्न यो सडकले सुविधा पु¥याउने स्थानीयवासीको विश्वास छ ।

LIVE TV