६ चैत्र २०७३, आईतवार

काठमाडौं । नेपालमा प्रयोग हुने औषधिहरुलाई अझ सुरक्षित र गुणस्तरीय बनाउन बायो इक्युभ्यालेन्स जाँच गरिनु पर्ने औषधि विशेषज्ञहरुले बताएका छन् । नेपालमा बिक्रि भैरहेका स्वदेशी र बिदेशी औषधि कम्पनीहरुको औषधिलाई हालसम्म इनभिबो अर्थात् शरीर भित्र गरिने टेष्ट गरिएको छैन । जस्ले गर्दा औषधि सुरक्षित छ भन्ने अवस्था नरहेको भन्दै औषधि विशेषज्ञहरुले नै आवाज उठाएका छन् ।

औषधिको गुणस्तर जांचको लागि इनभीबो शरीर भित्र र इनभिक्ट्रो अर्थात् शरीर बाहिर जांच गरिन्छ । नेपालमा ५२ बटा औषधि कम्पनी रहेका छन् । विदेशबाट पनि पर्याप्त मात्रामा औषधि आयात गरिन्छ तर यी सबै औषधिमा मानब शरीर बाहिर मात्र गर्ने जांच गरिएको छ । यसले गर्दा औषधि सुरक्षित र गुणस्तरीय छ भनी ढुक्क हुने स्थिति नभएको चिकित्सा शास्त्र अध्यन संस्थान आइओएमका फर्माकोलोजी बिभागका सह प्राध्यापक डा सतिस देबको भनाइ छ ।
औषधि बनाउनको लागि एउटा कम्पनीले किल्निकल ट्रायल लगायत धेरै अनुसन्धान गर्नु पर्ने हुन्छ । एउटा औषधि बनाउन अरबौ खरबौ खर्च हुन्छ र त्यो बजारसम्म आइपुग्न १० बर्ष सम्म लाग्छ । यसरि औषधि बनाउने प्रक्रियालाइ इनोभेटर मलिक्यु भनिन्छ । इनोभेटर मलिक्यु बनाए पछि त्यो औषधि उत्पादनको लागि केहि बर्ष सम्म त्यही कम्पनिलाइ मात्र अधिकार हुन्छ । केहि बर्ष पछि त्यो औषधि अरु कम्पनीलाई पनि बनाउने अधिकार हुन्छ र अरु कम्पनी ले त्यो औषधि बनाए पछि त्यो औषधिलाइ जेनेरिक औषधि भनिन्छ ।
नेपालमा उत्पादन भैरहेका र आयातित औषधिहरु जेनेरिक औषधिहरु हुन् । औषधिको शरीर बाहिर गरिने जांच भनेको ट्याब्लेट डिसइन्ट्रिगेसन जांच हिट टेस्टीङ ,स्टोर टेस्टीङ जस्ता किसिमका जाँच हरु गरिन्छ । अहिले नेपालको बजारमा जाने स्वदेशी विदेशी कम्पनीका औषधिहरुमा यति मात्र जांच गरिएको छ । यस बाहेक औषधिको शरीर भित्र गरिने जांच गरिएको छैन। शरीर भित्र गरिने मुख्य प्रकारको जांच भनेको बायोइक्युभ्यालस् जांच हो ।
जब दुइ फरक कम्पनीका औषधिहरु मानब शरीर भित्र जान्छ । त्यो दुवै औषधिले रगतमा उस्तै कन्सन्ट्रेसन् पुगेको खण्डमा बायो इक्युभ्यालेंस भनिन्छ । नेपालमा यो टेस्ट हाल सम्म गरिएको छैन कति सम्म भने यसको लागि सरकारले कुनै मापदण्ड समेत बनाएको छैन ।
औषधिको क्षेत्रमा नेपालमा दक्ष जनशक्ति उत्पादन भए पनि औषधिको गुणस्तर जांचको लागि बायोइक्युभ्यालेंस् सेन्टर नभएको कारण बिशेषज्ञहरु नै औषधि सुरक्षित छ भन्ने कुरामा ढुक्क हुन् सकेका छैनन् । २० प्रतिशत औषधिको गुणस्तरमा शंका उब्जिएको भन्दै ति औषधिको बायोइक्युभ्यालेंस् जांच हुन् अत्यन्त जरुरी देखिएकोले बिशेषज्ञहरुले यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

LIVE TV