६ चैत्र २०७३, आईतवार
  • तारा आचार्य,

मोरङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले संविधान संशोधन विधेयकमा परिमार्जन गरेर पारित गर्न सकिए असन्तुष्ट दलहरु समेत निर्वाचनमा सहभागि हुने विश्वास व्यक्त गरेका छन् ।

उनले यसैलाई ध्यानमा राखेर प्रमुख राजनीतिक दलहरुले संविधान संशोधन विधेयक पारित गराउन लाग्नुपर्ने धारणा व्यक्त गरे ।
आइतवार विराटनगरमा संचारकर्मीसंग अध्यक्ष गच्छेदारले स्थानीय तहको निर्वाचनको उपयोग गर्ने वातावरण सरकारले बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक भएकाले सबैको सहमतिमा निर्वाचन हुने परिस्थिति निर्माण गर्न आग्रह गरे ।
अध्यक्ष गच्छेदारले निर्वाचन जस्तो लोकतान्त्रिक प्रक्रियाको विरोध गर्नु गलत भएको टिप्पणी गर्दै मधेसवादी दलहरुलाई पनि निर्वाचनमा सहभागि गराउने वातावरण बनाउनु पर्ने स्पष्ट पारे ।

LIVE TV