६ चैत्र २०७३, आईतवार

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको शून्य समयमा सांसदले विभिन्न आन्दोलनका घाइते सरकारी अस्पतालमा उपचारत रहेका तर सरकारले उनीहरुलाई दिने भनेको निःशुल्क उपचार हुन नसेकेको र राजविराज घटनाका घाइतेसमेत निःशुल्क उपचार पाउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उहाँहरुले तराई÷मधेसमा पनि स्थानीय निर्वाचनको वातावरण बनाउन सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसदहरुले नेपालको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट मारिएका गोविन्द गौतमका परिवारलाई थप राहत दिन माग गरे ।

यसरी आफ्नो धारणा राख्नेमा शेरबहादुर तामाङ, सकलदेव सुतियार, सूर्यप्रकाश बाला राई, सञ्जयकुमार गौतम, डा सुबोध पोखरेल, हर्कबोल राई, हरिप्रसाद नेपाल र हरिबहादुर राजवंशी थिए ।

‘बजेट बाहिरबाट रकम निकासा’

संसद्को आजको बैठकमा सभामुखसित समय लिई नेकपा ९एमाले०का राजेन्द्रप्रसाद पाण्डेले सरकारले बजेट कार्यान्वयनमा ध्यान नदिई चितवन, रोल्पालगायत जिल्लामा बजेटभन्दा बाहिरबाट करोडौँ रकम निकासा गरेको आरोप लगाए । उनले आर्थिक अनुशासन कायम राख्न र योजनामा परेका कार्यक्रमलाई मात्र रकम विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली काँग्रेसका दिवानसिंह विष्टले नेपालको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोलीबाट मारिएका गोविन्द गौतमको परिवारलाई थप राहत दिन र अबदेखि यस्तो घटना हुन नदिन सरकारले ध्यान दिनुपर्छ भने । नेकपा ९माओवादी केन्द्र०का उमेश यादवले सप्तरीमा आन्दोलनकारीले आन्दोलनलाई किन नियन्त्रणमा लिन सकेनन् भन्ने प्रश्न गरे ।

मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का योगेन्द्र चौधरीले भारतीय सुरक्षा बलले दाङ जिल्लाको नेपाली भूमिमा ज्यादती गरेको भनी सरकारको ध्यानाकर्षण गराए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दशगजाभन्दा वर नेपाली भूमिमा भारतले विकास निर्माण गर्न अवरोध गर्दा सरकार मौन बसेको आरोप लगाए । नेकपा ९एमाले०का काशीनाथ अधिकारी र पुरुषोत्तम पौडेलले नेपाल र भारतका सीमालाई व्यवस्थित गर्न माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीकुमारी शाहीले आफ्नो पार्टीको घोषणापत्रमा रहेका ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दू राष्ट्र’ भन्ने शब्द निर्वाचन आयोगलाई हटाउने अधिकार कसले दियो भन्ने प्रश्न गर्दै आयोगको सो काम तत्काल फिर्ता लिन माग गरे ।

नेपाली काँग्रेसका शेषकान्त अधिकारीले चितवन जिल्लाको शक्तिखोरमा औद्योगिक क्षेत्र घोषणा गर्दा ध्यान दिन आग्रह गरे । सांसद लक्ष्मण राजवंशी र तप्तबहादुर विष्टले पनि समसायिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका थिए ।

LIVE TV