५ चैत्र २०७३, शनिबार

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय तहको निर्वाचनवाट भाग्न खोजेको आरोप लगाएका छन् । उनले एमालेको पक्षमा बढ्दो जनलहर देखेर सत्ताधारी दलहरु आत्तिएको जिकिर गर्नु पनि गरे ।

नेकपा एमाले ६ नम्वर प्रदेश कमिटीले सुर्खेतमा आयोजना गरेको आमसभालाई सम्वोधन गदै राष्ट्रियताको पक्षमा दृढ रुपमा उभिएकै कारण जनताले एमालेलाई विश्वास गरेको दावी गरे । उनले एमालेप्रति जनता आर्कर्षित भएको कारण चुनाव नगर्ने कोशिस भैइरहेको जिकिर समेत गरे ।
कुनै पनि वहानामा चुनाव रोकिन नहुने उल्लेख गदै पूर्व प्रधानमन्त्री ओलीले चुनावको लागि एमाले अझ कडा रुपमा प्रस्तुत हुने उदघोष समेत गरे । संविधान कार्यान्वयनको लागि निर्वाचनको विकल्प नभएको भन्दै उनले चुनावको लागि दृढताको साथ उभिन सरकारलाई सुझाव दिए । कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताधारी दलहरुको कारण चुनाव नहुने सम्भावना बढेको दावी गरे । उनले घोषणा गरेको निर्वाचन गर्न नसक्ने भए सत्ता छाडन काँग्रेस माओवादीलाई चेतावनी समेत दिए ।
आमसभामा एमालेका महासचिव इश्वर पोख्रेलले चुनाव नगर्नको लागि सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाए । उनले देशको हित विपरीत ल्याउन लागको संविधान शंसोधनको प्रस्ताव एमालेले कुनै पनि हालतमा पारित हुन नदिने उल्लेख गरे ।

LIVE TV