५ चैत्र २०७३, शनिबार

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल—भारत सम्बन्धमा आउने गरेको विश्वासको संकट सबैभन्दा ठूलो समस्या रहेको बताए । उनले नेपालको राजनीतिक स्थिरता, शान्ति र स्थायित्वका लागि भारतलाई गम्भीरताका साथ सहयोगी भावना देखाउन आग्रह गरे ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनद्वारा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सातौं पुण्यतिथिमा आयोजित नेपाल—इण्डिया कनेक्टिभीटीः अपर्चुनिटीज फर होलिष्टिक डेभलपमेन्ट विषयक अन्र्तक्रियामा नेता पौडेलले नेपाल र भारतबीचको सम्बन्धको सबैभन्दा ठूलो समस्या विश्वासको संकट भएको बताए । उनले दुवै देशको सम्बन्धलाई स्वाभाविक र प्राकृतिक भन्दै पारस्परिक सम्बन्ध बलियो बनाउन सके विकासले गति लिने बताए ।
कार्यक्रममा नेता पौडेलले स्थानीय तहको निर्वाचन समयमा नै हुनेमा आशंका व्यक्त गरे । उनले मधेशवादी दलहरुले अझै स्थानीय जनतालाई अधिकार दिने कुरामा बाधा, व्यवधान गरेकोमा आफू आश्चय चकित भएको उल्लेख गरे ।
नेता पौडेलले स्वर्गीय कोइरालाले दुई देशनको सम्बन्ध प्रगाढ बनाए जस्तै सबै मिलेर दुई देशबीचको मित्रतालाई नयाँ आयाम दिनुपर्ने बताए ।

LIVE TV