५ चैत्र २०७३, शनिबार

रौतहट । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमाङ्कनको टुङ्गो नलगाइकन गरिने स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन् ।

आज सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने “स्थानीय तहको निर्वाचन प्रदेशले गराउनुपर्नेमा सोको टुङ्गो नलगाई निर्वाचनको मिति तोकिनु गलत भएको छ ।”
अध्यक्ष यादबले माध्यमिक तहको परीक्षा सकिएलगत्तै सरकारको यो निर्णय विरुद्ध सशक्त आन्दोलनको घोषणा गर्ने बताउँदै अबको आन्दोलन मधेसकेन्द्रित नभइ देशव्यापी हुने धारणा व्यक्त गरे ।

सरकारले अहिले विभिन्न बाहना बनाएर आफूहरुको माग पूरा गर्न आलटाल गरिरहेको आरोप लगाउँदै उनले सरकारको अगामी कार्यनीति हेरेर आन्दोलनको स्वरुप अगाडि बढउने बताए ।

LIVE TV