५ चैत्र २०७३, शनिबार

काठमाडौं । अवैध डलर तस्करीमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । अबैध डलर लिएर हङकङ जाने क्रममा रहेकी नेपाली महिला पेम्ला लामालाई प्रहरीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

महिलाको साथबाट प्रहरीले ३८ हजार ९ सय ५० अमेरिकी डलर र ६ सय हङकङ डलर बरामद गरेको छ । नेपाल एयरलाइन्सको फ्लाईटमा सवा ९ बजे हङ्कङ जान लागेकी लामालाई विमानस्थल सुरक्षा चेकजाँज गर्ने क्रममा पक्राउ गरिएको विमानस्थल प्रमुख डिआईजी पंकज श्रेष्ठले जानकारी दिए ।

लामाको बयान अनुसार केही समय अघि आफ्नो श्रीमान्संग सम्बन्ध विच्छेद भएपछि हङ्कङमा फ्ल्याटमा बस्नका लागि डलर लान लागेको खुल्न आएको डिआईजी श्रेष्ठले जानकारी दिनुभयो । यसबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LIVE TV