४ चैत्र २०७३, शुक्रबार

काठमाडौं । आफ्नो छोरोका हत्यारालाई कारवाही गर्न अदालतले ढिलाइ गरेको भन्दै गंगामाया अधिकारी आक्रोश पोख्नु भएको छ ।

धरौटीमा हत्याराहरु छुटेर खुलेआम हिडेको भन्दै गंगामायाले आफ्नो छोराको रगतमा सरकारले होली खेलेको आरोप पनि लगाउनु भयो । त्यसैगरी अर्की पीडित सावित्री श्रेष्ठले सर्वोच्च अदालतले जन्मकैद तोकेको मान्छे समेत खुल्लमखुल्ला भाषण गरेर हिड्नु देशकै कानूनको उपहास भएको भन्दै न्यायको आशा मरेको बताउनु भएको छ ।
अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनु पर्ने माग गर्दै दस वर्षदेखि संघर्षरत गंगामाया माग पूरा नभएसम्म पतिको शव जलाउन नदिने र आफू पनि यो भद्र आन्दोलनबाट पछि नहट्ने पक्षमा उभिनु भएको छ । अदालतले आफूले दायर गरेको मुद्धामा तत्काल फैसला नगरेर पेशी चढाएको भन्दै गंगामायाले अदालतको कार्यशैलीमा प्रश्न समेत उठाए ।
गंगामायालाई न्याय दिलाउन लागेका मानव अधिकार संघसंस्थाहरुले समेत गंगामायाको स्वास्थ्य बिग्रिदै गएको भन्दै अदालतबाट मुद्दाको आलटाल गरिनु दुःखद भएको बताएका छन् ।
त्यसैगरी अर्की पीडित सावित्री श्रेष्ठले सर्वोच्च अदालतले जन्मकैद फैसला गरेको मान्छे समेत खुल्ला हिड्नु कानूनी राज्यको उपबास भएको बताए ।
यसअघि हत्यारालाई कारवाही गर्न माग गर्दै पटक पटक असशन बस्ने क्रममा गंगामायाका पति नन्दप्रसादको २०७१ असोज ६ गते निधन भएको थियो ।

LIVE TV