४ चैत्र २०७३, शुक्रबार

मोरङ । विराटनगरसंग जोडिएको सिंगिया खोला पारी मोरङको कटहरीमा दुई महिलाको शव फेला परेको छ । उनीहलाई गोली हानी हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

सासु र बुहारी करिब ४५ वर्षीया दीपा डागा र २२ वर्षीया अस्मिता निरौला डागाको आफ्नै घरमा गोली हानी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको हो ।
वडा प्रहरी कार्यालय हाटखोलाबाट करिब १ किलोमिटर दुरीमा रहेको उनीहरुलाई शुक्रवार अपरान्ह गोली हानिएको हुन सक्ने बताइएको छ । उनीहरुको घरका अन्य सदस्यहरु घरमा नभएको समयमा उनीहरुको हत्या भएको प्रहरीको भनाई छ ।
उनीहरुको हत्याबारे थप अनुसन्धान भईरहेको मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले जानकारी दिए ।

LIVE TV