४ चैत्र २०७३, शुक्रबार

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका सम्पदाहरुलाई थप क्षति हुन नदिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । प्राधिकरणले ऐतिहासिक सम्पदा र पुराना दरवारको पुनर्निर्माण भएर पुनस्र्थापना नभएसम्म संरक्षण गर्न सरकारलाई आग्रह गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा शुक्रवार बसेको ५३ र्आैं कार्यकारी समितिको बैठकले पुरातात्विक महत्वका सम्पदा र पुराना दरवारलाई हावापानी, लगायत बाह्य तत्वहरुबाट जोगाई थप क्षति हुन नदिने गरी संरक्षण गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हो ।
यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वय इकाईलाई निर्देशन दिने निर्णय भएको प्राधिकरणले जनाएको छ । सरकारी कार्यालय रहेका पुराना पराम्परागत शैलीका दरवारको हकमा भने पुनर्निर्माण र पुर्नस्थापना नभएसम्मका लागि संरक्षण गर्ने जिम्मा शहरी बिकास मन्त्रालयलाई दिइएको छ । यस्तै, बैठकले पुनर्निनिर्माण र पुर्नस्र्थापनासम्बन्धि गुनासो व्यवस्थापन कार्यविधि २०७३ लाई संशोधन गर्ने निर्णय गरेको छ ।

LIVE TV