४ चैत्र २०७३, शुक्रबार

मोरङ । करिब १२ घण्टा पछि मोरङको टंकिसिनवारी वडा नं. १ स्थित म्याजिक चप्पल उद्योगमा लागेको आगो ९० प्रतिशत नियन्त्रणमा आएको छ ।

शुक्रवार बिहान ४ बजे देखि लागेको आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयहरुका साथै विराटनगर, इटहरी, धरान, इनरुवा, दमक लगायतको एक दर्जन दमकलहरु प्रयोग भएका थिए ।
अहिले पनि केही भागमा आगो लागिरहेको र विराटनगर, इटहरी र इनरुवाको ६ वटा दमकलले आगो निभाईरहेको मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले जानकारी दिए ।
आगलागीबाट उद्योगको मेशिन, तयारी जुत्ता चप्पल, केमिकल लगायत कार्यालयका कागजात जलेको छ । विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । क्षतिको विवरण अझै आईनसकेको प्रहरीले जनाएको छ ।

LIVE TV