४ चैत्र २०७३, शुक्रबार

कञ्चनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता तोड्ने षड्यन्त्र भईरहेको जिकिर गरेका छन् । उनले देशलाई स्वभाविक ढङ्गले अघि बढ्न नदिने कुचेष्टा भईरहेको पनि बताए ।

बिहीबार मेची महाकाली राष्ट्रिय अभियानको विधिवत रुपमा समापनका अवसरमा महेन्द्रनगरको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले राष्ट्रिय एकता तोड्ने षडयन्त्रविरुद्धमा एमालेले राष्ट्रिय अभियान थालेको जिकिर गरे । उनले मेची महाकाली अभियान विभिन्न बम, बारुद र षडयन्त्रकाबीच जनताको साथले सफल भएको दावी गरे ।
आफ्नै पार्टीको पहलमा सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको दावी गर्दै अध्यक्ष ओलीले सरकारले चुनाव गराउनुपर्नेमा जोड दिए । बर्तमान सरकार गठन भएको सात महिना वितिसक्दा पनि कुनै पनि काम गर्ने नसकेको भन्दै उनले सरकारको आलोचना समेत गरे ।
सरकारले आफै घोषणा गरेको मिति टार्नका लागि ७ सय ४४ स्थानीय तहको संख्या बढाउने खेलमा लागेको भन्दै उनले त्यसको कडा प्रतिवाद गरे ।
यसैबीच एमाले अध्यक्ष ओलीले गत बिहीबार कञ्चनपुरकिो पुनर्वासमा भएको घटनालाई इंगित गर्दै घटनामा भारतले नेपाली जनता र सरकारसंग माफी माग्नुपर्ने तथा पीडित परिवारलाई राहत र घटनामा संलग्नलाई कारबाही गर्न माग गरे ।

LIVE TV