४ चैत्र २०७३, शुक्रबार

काठमाडौं । स्थानीय तहको निर्वाचन र संविधान संशोधनलाई लिएर सत्तारुढ दलहरुबीच नै परस्परविरोधी धारणा सार्वजनिक भएका छन् ।   संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले बिहीबारबाट औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छन् भने सरकारमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीबीच निर्वाचन र संविधान संशोधनको विषयमा समान धारणा बन्न सकेको छैन । संविधान संशोधन सर्तमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको तर सो सर्तलाई अस्वीकार गरेपछि समर्थन फिर्ता लिन बाध्य भएको सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले बताए । ‘संविधान संशोधन गर्ने सर्तमा प्रचण्डजीलाई मधेसी मोर्चाले मत हालेको थिएँ, तर उहाँ संशोधन गर्नतिर नलागी निर्वाचनतर्फ मोडिएपछि समर्थन फिर्ता लिएका हौँ,’ महतोले भने । -नागरिक दैनिकमा समाचार छ ।

LIVE TV