३ चैत्र २०७३, बिहीबार

 

काठमाडौँ  । कानुन बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेका बन्दुक, पेस्तोलजस्ता हातहतियार निर्वाचन अवधिभर जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउन जिप्रका काठमाडौँले अनुरोध गरेको छ ।

काठमाडौँका प्रजिअ हिमनाथ दवाडीले आज जारी गर्नुभएको सूचनामा वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा बिक्री वितरणमा पूर्ण बन्देज लगाइएको उल्लेख छ ।

त्यसैगरी सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी, कानुनबमोजिम लिन पाउने हातहतियारबाहेक अन्य कुनै व्यक्तिले कुनै प्रकारको विष्फोटक पदार्थ वा रसायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन निषेध गरिएको छ । कसैले उल्लेखित सूचना विपरीतका कार्य गराएको पाइएमा कानुनबमोजिम कारबाही हुने जिप्रकाले जनाएको छ । रासस

LIVE TV