३ चैत्र २०७३, बिहीबार

पाल्पा । पाल्पा लायन्स लाकौल आँखा अस्पतालले आफ्नो सेवा विस्तार गर्न बहिरंग सेवा भवन निर्माण गरेको छ । अस्पतालले हालै भवनको निर्माण सम्पन्न गरेको हो ।

नवनिर्मित भवनको विहीवार नेपाल नेत्र ज्योति संघका केन्द्रीय अध्यक्ष प्राध्यापक डा. तिर्थप्रसाद मिश्रले उद्घाटन गर्नुभएको हो । २०४३ सालमा स्थापित पाल्पा लायन्स लाकौल आँखा अस्पतालले पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लामा समेत सेवा विस्तार गरी विरामीको उपचार र मोतीयाविन्दुको शल्यक्रिया गर्दै आएको छ ।
१७ शैयाको आँखा अस्पतालले आर्थिक बर्ष २०७२÷०७३ फागुनसम्म पश्चिम क्षेत्रका ४२ हजार आँखाका विरामीको उपचार गर्नुका साथै ३ सय ५२ जनाको मोतीयाविन्दुको अपरेसन गरिसकेको छ ।
कार्यक्रममा भवन बनाउन आर्थिक सहयोग गर्ने राधा देवी भारती, सुर्यरत्न राजभण्डारी र मुकेश श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो ।

LIVE TV