३ चैत्र २०७३, बिहीबार

झापा । विहीबारबाट झापाको विर्तामोडमा आँखा रोग विशेषज्ञहरुको सम्मेलन शुरु भएको छ । विर्तामोडको मेची आँखा अस्पतालको आयोजनामा भएको सम्मेलनमा देशभरका करीब दुई सय आँखा रोग विशेषज्ञहरु सहभागी छन् ।

‘नेपाल ओफ्थाल्मिक सोसाइटी कन्फरेन्स’ नाम दिइएको उक्त सम्मेलनमा बिहीबार साइन्टिफिक सेसन भएको छ । एघारौं पूर्वाञ्चल क्षेत्रीय सम्मेलन समेत रहेको उक्त कार्यक्रममा बिहीबार २२ वटा रिसर्च पेपरहरु प्रस्तुत गरिएको छ ।
सम्मेलनले आँखामा देखिने नयाँ समस्या तथा समाधानका उपायहरु खोज्ने सम्मेलन आयोजक मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले जानकारी दिनुभयो । सम्मेलनमा भारतका दस जना आँखा रोग विशेषज्ञहरुको समेत सहभागिता रहेको छ ।
शनिबारसम्म सम्पन्न हुने उक्त सम्मेलनमा आँखाका विभिन्न रोग तथा त्यसका उपचारका बारेमा प्रस्तुति रहने बताइएको छ । आँखा उपचारमा अहिलेसम्म नेपालले हाँसिल गरेका उपलब्धिका बारेमा १४ वटा पोस्टर प्रस्तुति समेत रहने सम्मेलनमा आँखा उपचारमा प्रयोग हुने विभिन्न उपकरणहरुका डेढ दर्जन स्टल राखिएको छ ।

LIVE TV