३ चैत्र २०७३, बिहीबार
  • निमेन्द्र शाही,

बाजुरा । बाजुरा जिल्लामा केही बर्ष अगाडि अधिकांश युवाहरु पढाई नै छाडेर ज्याला मजदुरी गर्न छिमेकी राष्ट्र भारत र अन्य विदेशी मुलुकमा जने गर्दथे । तर अबस्था अहिले पूरै फेरिएको छ । बाजुराका य्ुवाहरु अहिले पशुपालनमा आर्कषित भएपछि उनीहरुको आयस्तर मात्र बढेको छैन, बाजुरा आर्थिक हिसाबमा नै बलियो बन्दै गएको छ ।

अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै देशमा केही लगानी गरेर केही गर्न सकिन्छ भन्ने ध्ययेका साथ बाजुराका युवाहरु बंगुर पालनमार्फत मनग्ये आम्दानी गर्न सफल बनेका छन् । स्वदेशमा सानो दुःखले पनि परिवारकासँगे धेरै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण नब घोषित बुढीनन्दा नगरपालिका वडा नं ३ २६ वर्षीय युवा शंकर चँदाराले पस्केका छन् ।
चँदारा दुर्गम गाँउको एक सामान्य दलित परिवारमा जन्मेका एक युवा हुन् । चँदाराले ४ महिना अघि बाजुराको सदरमुकाम मार्तडीमा आएर ललित बंगुरपालन फार्म संचालन गरेका थिए । फर्म अहिले सदरमुकामकै जिउला भन्ने ठाँउमा फर्म संचालन गर्दै आएका छन ।
पछिल्लो समयमा बंगुरको मासु सदरमुकाममा अत्याधिक मात्रामा विक्रि हँुने भएपछि बंगुर पालन व्यवसायनै रोजेको उनको भनाई छ । उनले साढे ४ लाख बढी रकम वंगुर पालन व्यवसाय गर्न खर्च गरेका थिए । उनले सुरुमा फर्म संचालन गर्दा ४ वटा बंगुर पालेर व्यवसायको सूरुवात गरेका थिए । अहिले चँदाराको फार्ममा ठूला साना गरी ३६ वटा बंगुर पालेका छन् ।
विदेशमा भन्दा स्वदेशमै लगानी गरेर मनग्ये आम्दानी गर्न सकिने सम्भावना बोकेर चँदाराले बंगुरपालन फर्म खोलेको बताए । अहिले उनको फार्मबाट हप्तामा एउटा बंगुर विक्रि गर्ने गरेका छन् । चँदारले अहिले महिनामा ५० हजार बढी रकम बंगुरको मासु विक्रिबाट र बंगुरको एउटा पाठालाई पाँचहजारमा विक्रि गरेरै आम्दानी बताए ।
चँदाराको यस व्यवसायबाट ३ तिन जना युवालाई रोजगार दिन सफल भएका छन् । यही व्यवसाय बाटै उनको १८ जनाको परिवारको गुजरा पनि चलाएका छन् ।
तर उनीले कतैबाट पनि तालिम र सहयोग भने पाएका छैनन् । यता जिल्लामा उनी मात्र नभई उनी जस्तै धेरै युवाहरु पशुपालन र पंक्षीजन्य ब्यबसायमा लागको जिल्ला पशु सेवा कार्यालय बाजुरा पशु प्राबिधिक शंकर सिंहको भनाई छ ।
यसरी देशमै सम्भावना खोज्ने उनको योजना र अठोटले उनी धेरै हदसम्म सफल भएका छन् भने आत्मनिर्भरताको बाटो समातेका छन् । र यसैको बलमा पछिल्लो समय बाजुरा मासुमा आत्मनिर्भर भएको छ भने अण्डामा समेत तीस प्रतिशत जिल्ला भित्रनै उत्पादन हुने गरेको छ ।

 

LIVE TV