३ चैत्र २०७३, बिहीबार
  • तारा आचार्य,

विराटनगर । मोरङको सुन्दर हरैंचा नगरपालिकाको केन्द्रबारे विवाद हुँदा स्थानीयवासीले जिल्ला समन्वय समिति विराटनगरमा धर्ना दिएका छन् ।

स्थानीय तह पुनर्संरचना आयोगले सुन्दरदुलारी नगरपालिका र कोशी हरैचा नगरपालिकालाई गाभेर सुन्दर हरैंचा नगरपालिका बनाएको थियो भने साविक कोशी हरैचा नगरपालिकालाई केन्द्र तोकेको थियो । तर केही स्थानीयवासीले सुन्दर हरैंचाको कार्यालय सलकपुरमा स्थापना गरेपछि राजपत्रमा उल्लेख भएकै ठाँउमा केन्द्र राख्नुपर्ने भन्दै धर्ना दिएका छन् ।
जिल्ला समन्वय समिति मोरङले भने राजपत्रमा उल्लेख भएकै ठाँउमा कार्यालय खोल्न कार्यकारी अधिकृतलाई निर्देशन दिइएको स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले जानकारी दिए ।
स्थानीय तह पुनर्संरचना आयोगले पहिलो स्थानीय तहको निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्न सक्ने गरी सिफारिश गरेकोले विवाद गर्नुको औचित्य नभएको बताइएको छ ।

LIVE TV