३ चैत्र २०७३, बिहीबार

काठमाडौं । सरकारले गाउँपालिकाका वडाहरुमा कर्मचारी व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । बैठकले प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिल्लामा कार्यरत कर्मचारीहरुबाट गाउँपालिकाका वडाहरुमा कर्मचारी व्यवस्थापन गर्ने जिम्मा दिएको हो ।

केहि दिन अघि निर्वाचन आयोगले सरकारलाई गाउँपालिकाका वडाहरुलाई कर्मचारी खटाउन निर्देशन दिएको थियो । बिहीबार सिहंदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आयोगको निर्देशन अनुरुप नै गाउँ पालिकाका वडाहरुमा कर्मचारी व्यवस्थापन गराउने जिम्मा जिल्ला अधिकारीलाई सुम्पिएको हो । त्यसैगरि बैठकले विश्व बैंक अन्तरगत रहेको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त १० अर्ब ७० करोड बराबरको सफ्ट लोन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग बैठकका निर्णयका बारेमा जानकारी दिदै सञ्चारमन्त्री कार्कीले विदेशी लगानीसम्बन्धि योजनाहरुको अनुगमनका लागि उद्योगमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका सचिव सदस्य रहने गरी समिति बनाउने निर्णय गरेको जानकारी दिए । साथै अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनी केन्द्र निर्माणलाई शीघ्र सम्पन्न गराउन वाणिज्य मन्त्रलायलाई मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी समेत दिएको छ ।

LIVE TV