३ चैत्र २०७३, बिहीबार

 

मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटेले यही मार्च २० देखि २२ तारिख सम्म थाइल्याण्डको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

विदेश मामिला विभागका अधिकारीले बिहीबार दिएको जानकारी अनुसार भ्रमणका क्रममा उहाँले थाइल्याण्डका शिर्ष नेतासँग दुइपक्षीय चासोका विषयमा छलफल गर्नुहुने छ ।

थाई प्रधानमन्त्री प्रयुट चान ओचालगायतसँग उहाँले राजनीति, अर्थतन्त्र, कृषि, ऊर्जा, शिक्षा, सुरक्षा सहकार्यलगायतका विषयमा छलफल केन्द्रीत गर्ने कार्यक्रम रहेको छ ।

थाइल्याण्डमा बस्दै र काम गर्दै आएका झण्डै १६ हजार फिलिपिनोलाई पनि उहाँले भेट्ने अपेक्षा गरिएको छ ।

आउँदो जुन महिनामा फिलिपिन्स र थाइल्याण्डको दुई पक्षीय सम्वन्ध सुरु भएको ६८ वर्ष पुग्न लागेको हो ।

दुई देशको सम्वन्ध सधैँ बलियो र जिवन्त भइरहेकोमा यस प्रकारको उच्चस्तरीय भ्रमणले त्यसलाई थप राम्रो बनाउन सहयोग गर्ने विश्वास गरिएको छ, भ्रमणका बारेमा सरकारी पक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस÷सिन्ह्वा

LIVE TV