३ चैत्र २०७३, बिहीबार

काठमाडौं । निर्देशक मुकुन्द भट्टको फिल्म ‘लप्पन छप्पन’ यहि चैतको ११ गतेबाट दर्शकमाझ रिलीजमा आउँदै छ । स्टार्र क्रेजको हिसाबले पनि यो फिल्म चर्चामा रहँदै आएको छ । पछिल्लो समय दर्शकहरुको नजरमा परिरहेका कलाकारहरु सौगात मल्ल र दयाहाङ राई ‘लुट २’पछि मुकुन्द भट्टको ‘लप्पन छप्पन’मा पनि सँगै देखिदैछन् । बेग्ला बेग्लै किसिमका अभिनय गर्न रुचाउने अभिनेता सौगात मल्ल यस फिल्ममा पनि बेग्लै लुक्समा देखिएका छन् ।


यस फिल्मको लागी अभिनेता सौगात आफूले निकै दुःख गरेको बताउँछन् । फिल्ममा सौगातले बंगुरको मुखौटा र नक्कली दाँत लगाएका छन् । गाह्रो काम गर्न र पसिना निकाल्न सौगातलाई रमाईलो लाग्ने बताउँछन् । यसरी मुखौटा लगाएर अभिनय गर्दा केहि निसास्सिएको जस्तो अनुभव भएको उनले सुनाए । यसरी मुखौटा लगाउँदा गाह्रो भएपनि अभिनय गर्दा रमाइलो भने भएको अनुभव सेयर गरेका छन् ।


निर्देशक भट्टका अनुसार फिल्म निर्माण उत्कृष्ट र फिल्मको सबै कलाकारहरुले पनि राम्रो अभिनय गरेका छन् । आफुले सबै खालका दर्शकहरुको टेस्टलाई मध्य नजर गरेर नै फिल्म तयार गरेको निर्देशक भट््ट बताउँछन् । फिल्मको सार्बजनिक ट्रेलर र गीत संगीतले पनि दर्शकहरुको राम्रो साथ पाइरहेको छ ।
गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्मस्को प्रस्तुति रहेको ‘लप्पन छप्पन’फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, वर्षा शिवाकोटी, नव नायक प्रकाश जंग शाह र सिड खरेल, देवु श्रेष्ठ, राजु लामा लगाएत मुख्य भुमिकामा छन् । फिल्मलाई डम्बर चन्दले निर्माण गरेका हुन् । साथै, उनलाई सह निर्माताको रुपमा इन्द्र प्रसाद खरेल तथा कार्यकारी निर्माता सहदेव गौतमले साथ दिएका छन् । सरद राई

LIVE TV