२५ फाल्गुन २०७३, बुधबार

चितवन । चितवनको विकटमा पर्ने शक्तिखोरको सम्फ¥याङ सामुदायिक वन क्षेत्र आकर्षक पर्यटकिय गन्तव्य भए पनि पर्यटकको आगमन नभएपछि पर्यटन भित्राउनका लागि अभियान नै संचालन गरिएको छ ।


चितवनको शक्तिखोरको सम्फ¥याङ सामुदायिक वन क्षेत्रमा पर्यटन भित्र्याउन कै लागि अहिले विभिन्न भौतिक पुर्वधारको निर्माण गर्ने कामलाई अभियानको रुपमा अघि बढाइएको छ । विभिन्न बन्यजन्तु तथा आकर्षक सुन्दर बनको अवलोकनका लागी उचित गन्तब्यका रुपमा पर्यटकको आवागमनमा वृद्धी गर्ने भन्दै स्थानीय सामुदायिक वनका पदाधीकारी यस कार्यमा लागिपरेका हुन् ।
सम्फर्याङ सामुदायिक वन ९२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १ सय ३० उपभोक्ता रहेको उक्त सामुदायिक बनमा अहिले हप्ताको प्रति घर २ जनाको दरले बन क्षेत्र भित्र बाटो निर्माणमा जुटेका छन ।
तराई र पहाडको संगमको रुपमा लिइने यो क्षेत्रमा पर्यटकले आरम र हावापानीको आनन्द लिन सक्नेछन । बनक्षेत्रमा खोंच खोचबाट बहने सम्फर्याङ खोला आफैंमा मनमोहक देखिन्छ । खोलाको शिरदेखि शक्तिखोर बजारसम्मै पर्यटकलाई विभिन्न आकर्षक दह, ओडार, गुफा, झरना, पहरा, छाँगा, छहराले मन्त्रमुग्ध पार्ने उनको भनाई छ ।
यस्तै मैतेस गाउँको फेंदीमा नाग दह छ । झरनाबाट झरेको पानी, अनि पानीको कणसहितको चिसो बहाबले पर्यटकलाई लोभ्याउँछ ।
मनोमोहन बाताबरण तथा सुन्दर झरना, ताल तलैया लगायत विभिन्न प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षण गरे पनि भौतिक पुर्वधारको अभावमा पर्यटकिय हिसावले अघि बढाउन नसकिएकोस्थानीयको भनाई छ

 

LIVE TV