२५ फाल्गुन २०७३, बुधबार

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरबाट नजिकैको दुरीमा रहेको नाल्मा गाउँमा स्थानीयको लगानीमा सडक सञ्जालले जोडिएको छ । बर्षोंसम्म पनि गाउँमा सडक नपुगेपछि रोजगारीको सिलशिलामा विदेशिएका गाउँले युवाहरुको सहयोगमा गाँउ सडक सञ्जालले जोडिएको हो ।


सडक बैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको रेमिट्यासको सहयोगबाट निर्माण भएको हो । सदरमुकामबाट २ घण्टाको दुरीमा रहेको साविकको नाल्मा गाविसको विभिन्न वडाहरुमा सडक नपुगेपछि विदेशमा रहेका युवाहरुले रकम संकलन गरेर गाउँ गाउँमा सडक निर्माणमा सहयोग गरेको स्थानीयको भनाई छ ।
गाउँलेहरुले बाख्रे्रेजगत देखि स्यारेसम्मको करिव झण्डै २ किलोमिटर सडक निर्माण गरेका छन् । सडक निर्माणका लागि १८ लाख रुपैयाँ खर्च भएको सडक निर्माण समितिकी अध्यक्ष सरिता गुरुङले बताउनुभयो । उहाँका अनुसार सडकको ट्रयाक खोल्नका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत जिल्ला विकास समितिले ३ लाख सहयोग गरेको थियो ।
गाउँमा सडक निर्माणका लागि बजेट अभाव भएपछि स्थानियहरुले रोजगारीका लागि विभिन्न मुलुकहरुमा पुगेका आफन्तहरुलाई गुहारेको स्थानिय समाजसेवी राजु गुरुङले जानकारी दिए । उनका अनुसार विदेशबाट सडक निर्माणका लागि रकम आउन थालेपछि काम गर्ने जोश जाँगर बढेको बताए ।
नगरपालिका भित्रै बसेर पनि गाउँ सडक सञ्जालले नजोडिएपछि चिन्तित बनेका गाउँलेहरुले कडा भीर पहरा र चट्टान फोरेर अहिले गाउँमै मोटर पु¥याएका छन् । सडक निर्माणका लागि स्थानियहरुले श्रमदान गरेपछि अहिले उनीहरुको दैनिकी नै बदलिएको छ ।

 

LIVE TV