२२ फाल्गुन २०७३, आईतवार
  • सुवास लामिछाने,

पर्वत । स्थानीय स्तरमा उत्पादन हुने नेपाली कागज सरकारी कामकाजको लागि मात्र प्रयोग हुने गरेको छ । पर्बतको उत्तरी क्षेत्र शालिजामा उत्पादन हुने नेपाली कागज भने स्थानीय बजार नपाएपछि अहिले विदेशी बजारमा पुगेको छ ।

शालिजामा उत्पादन हुने नेपाली कागजले स्वदेशमा भन्दा पनि बिदेशी बजारमा स्थान पाउन थालेको छ । सस्तो विदेशी कागजले स्थानीय बजार भरिएपछि स्वदेशमा भन्दा बिदेशमा नेपाली कागजको माग धेरै भएको हो । जंगलमा खेर गईरहेको लोक्ताको उपयोग गर्ने जिल्लाको शालिजामा हम्पाल प्रशोधनकेन्द्र स्थापना भएसंगै केन्द्रबाट उत्पादित कागज बिदेश निर्यात हुन थालेको हो । अहिले प्रति कोरी कागजलाई ३० देखी ३५ रुपैयाँमा निर्यात हुँदै आएको छ ।
केहि समयअघि काठमाडौ, पोखरा, बुटबललगायतका स्थानहरुमा बिक्री बितरण हुदै आएको भएपनि स्देशी बजारमा गुणस्तरीय भन्दा कम मुल्यका सामानहरु खोज्ने भएका कारण अहिले बिदेश निर्यात गर्ने थालिएको हो । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखे स्थानीयलको रोजीरोटीका साथै स्थानीयस्तरमा खेर गइरहेको लोक्ताको प्रयोग हुने स्थानीयको भनाई छ ।

LIVE TV