२१ फाल्गुन २०७३, शनिबार

 

इटहरी । इटहरीको डिभिएम क्रिकेट मैदानमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिमाञ्चल टिमले पूर्वाञ्चल टिमलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

खेलमा पूर्वाञ्चल टिमले पहिलो ब्याटिङ गर्दै २० ओभरको खेलमा ८ विकेटको नोक्सानीमा ९२ रन बनाएको थियो । त्यसमा महिला टिमकी क्याप्टेन रुविना क्षेत्रीको १९ रन र काजल श्रेष्ठको १५ रनको साझेदारी रहेको थियो । त्यसमा सुदूर पश्चिमाञ्चलकी रेखा रावलले ४ विकेट लिएकी थिइन् ।

आजको पहिलो खेलमा सुदूरपश्चिमाञ्चल टिमले निर्धारित खेलमा १५ दशमलव ३ ओभरमा ४ विकेटको नोक्सानीमा ९३ रन बनाउँदै पूर्वाञ्चलविरुद्ध जित निकालेको थियो । सो खेलमा सुदूरपश्चिमाञ्चलकी रेखा रावल ओमेन अफ म्याच घोषित भएकी थिइन् । त्यसमा पूर्वाञ्चलकी सवनम राईले १ विकेट लिएकी थिइन् ।

त्यसैगरी आजै भएको सशस्त्र प्रहरी र मध्यमाञ्चलबीचको दोस्रो खेलमा सशस्त्र प्रहरीले २० ओभरको खेलमा १५३ रनको योगफल निकाल्दै प्रतिस्पर्धामा विजय प्राप्त गरेको छ । जसमा सीताराम मगरको ५३ रन र रीता कोलोजियाको ३६ रनको नकआउट योगदान रहेको थियो ।

विजयी मध्यमाञ्चलकी नेरी थापाले २ विकेट र करुणा भण्डारीले ४ विकेट लिएकी थिइन् भने सो खेलमा सीताराम मगर विमेन अफ द म्याच घोषित भएकी थिइन् । रासस

LIVE TV