२० फाल्गुन २०७३, शुक्रबार

लहान । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्लेले स्थानीय तहको निर्वाचनलाई समेत दृष्टिगत गरी स्थानीयस्तरका समाचार पठाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।

रासस जिल्ला कार्यालय लहानको स्थलगत निरीक्षणका साथै सिरहाका सञ्चारकर्मीसँग आज अन्तक्र्रिया गर्दै उहाँले तटस्थ भएर नै कलम चलाउनुपर्ने सुझासमेत दिनुभयो । व्यावसायिक पत्रकारिताको धर्म निर्वाह गर्न पनि उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा राससका कार्यकारी व्यवस्थापक उत्तम सिल्वालले व्यवस्थापन राससलाई समय सुहाउँदो बनाउन लागिपरेको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ सिरहाका पूर्वअध्यक्ष रामानन्द गुप्ता र दिनेश्वरप्रसाद गुप्ताले राससका सेवालाई विविधीकरण र विकेन्द्रीकृत गर्नुपर्ने सुझाव दिनुभयो ।

पत्रकार महासङ्घ सिरहाका सचिव जीवछ यादव उदासीले संविधान संशोधन गरेर मात्रै चुनाव भयरहित वातावरणमा हुने भएकाले सोहीअनुसार राससले समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा रासस जिल्ला कार्यालय लहानका प्रमुख राजु विश्वकर्माले कार्यालयको अवस्था र कार्यालयको समस्याबारे अवगत गराउनुभएको थियो ।

LIVE TV