निर्वाचनका लागि ४५ हजार म्यादी नियुक्त गर्ने गृहमन्त्रालयको तयारी



प्रकाशित मिति : Mar 02, 2017
labellabel

काठमाडौं । गृह मन्त्रालयले वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरी नियुक्त गर्ने जनाएको छ । मन्त्रालयले स्थानीय तह निर्वाचनका लागि ४५ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी थालेको हो ।

मन्त्रालयले म्यादी प्रहरी भर्नाका लागि प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा पठाउने भएको छ । २०७० सालमा संविधान सभाको चुनावका लागि ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो तर अहिले ४५ हजार भन्दा बढि सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी रहेको छ ।
मौजुदा सुरक्षा बलले निवार्चनमा प्रभावकारी सुरक्षा दिन कठिन हुने भएकाले म्यादी प्रहरी भर्ना गर्न लागिएको जनाएको छ । त्यसैगरी बुधबार मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तहको निर्वाचनको लागि २ लाख ३६ हजार सुरक्षाकर्मी परिचालन गर्ने जनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com