१८ फाल्गुन २०७३, बुधबार

काठमाडौं । आजकाल सौन्दर्यको बजार तथा प्रतिस्पर्धा विश्वव्यापी भएको छ । खासगरी महिला वर्गलाई लक्षित गरेर बजारमा अनेक किसिमका शृंगार प्रसाधनहरूको बिक्री भइरहेको हुन्छ । पछिल्लो समय सौदर्य सामाग्री हरुको बढ्दो प्रयोगले छाला रोग लगायत का स्वास्थ्य समस्या बढेकोले कस्मेटिक सामाग्रीको प्रयोग गर्दा सचेत बन्न चिकित्सकहरुको सुझाब छ ।

आकर्षक बिज्ञापन नक्क्कली कस्मेटिकको बिगबिगी र अत्यधिक शृंगारका सामानको प्रयोगले सुन्दरता र स्वास्थ्य नै जोखिममा परेकोले यसप्रति सबैले सचेतना अपनाउनु पर्ने चिकित्सकहरुले औलाएका छन् ।
आफुलाई सुन्दर देखाउन बजारका एक पछी अर्को कस्मेटिक सामग्री प्रयोग गर्दै आफ्नो सुन्दरता झन् गुमाउने हरुको पनि कमि छैन चिकित्सकहरुले बजारमा अनेकन कस्मेटिकको सहज उपलब्धताको कारण अहिले शहरका मानिसहरुमा बिभिन्न छाला लगायतका समस्या बढेको बताएका छन्
विश्वभरि उत्पादन भइरहेका विभिन्न शृंगारका सामानमा ८२ हजार किसिममध्येका तत्व बाट लिइन्छ । यसमध्ये १० हजार ५ सय जति उत्पादनमा औद्योगिक रसायन उपयोग भएको हुन्छ । करिब आठमध्ये एक कस्मेटिक सामाग्रीमा औद्योगिक रसायनको उपयोग हुने गरेको छ, जसबाट छाला, आँखा, ओठ, श्वासप्रश्वासलगायत अन्य अंग हुँदै यस्ता घातक तत्वको असर शरीरभित्र परिसकेको हुन्छ ।
कस्मेटिक सामाग्री बात हामी अछुतो रहन त् सक्दैनौ तर गुणस्तरीयता मा सावधानी अपनाउने सकेसम्म कम प्रयोग गर्ने र प्राकृतिक र हर्बल बेसका सामाग्री प्रयोग गर्न चिकित्सक हरुले सुझाब दिएका छन्
कस्मेटिक सामाग्रीमा पाराबेन ‘मेथिलपाराबेन’, ‘बुटिलपाराबेन’ जस्ता रसायन प्रसाधनमा हालिन्छ । यस्ता रासायनिक तत्वले हर्मोनको काममा असर गर्छ र स्तन क्यान्सर समेत गराउन सक्छ र छाला सम्बन्धि अनेकौ समस्या देखिन्छ । नेपालमा शृंगार प्रसाधनको गुण नियन्त्रणको कुनै संयन्त्र छैन । न त यसका घातक असरको क्षतिपूर्ति कानुन, सुरक्षा मापदण्ड (सेफ्टी स्ट्यान्डर्ड) नै छ । त्यसैले सर्बसाधारण आफै सचेत हुन् आवश्यक छ ।

LIVE TV