१७ फाल्गुन २०७३, मंगलवार

कपिलवस्तु । कम्बोडियाका ८० जना बुद्ध धर्माबलम्बीहरुले कपिलबस्तुका पाँच महत्वपुर्ण बुद्ध स्थलमा सामुहिक प्रार्थना गरेका छन् । उनीहरुले बुद्ध स्थल गोटिहवा गएर सामुहिक प्रार्थना गरेका हुन् ।

लुम्बिनी, रामग्राम हुदै उनीहरु सामुहकि प्रार्थनका लागि कपिलवस्तु आएका हुन । बुद्धस्थल भ्रमण गर्दै कम्बोडियाली टोली लुम्बिनी आइपुगेको हो । कनकमुनी बुद्धको जन्म स्थल निगालीकोट तथा क्रकुछन्द बुद्धको गाँउ गोटिहवालाई मानिन्छ । सरकारले कपिलवस्तु जिल्लामा रहेका भगवान बुद्धसंग सम्बन्धित स्थलमा यातायातको व्यवस्था गरि आवागमन कार्य सहज बनाउन तत्कालै पहल गर्नु पर्ने कम्बोडियाली टोलीका प्रमुख भिक्षु मेत्ताले बताउनुभयो ।

ऐतिहासिक र पुरातात्बिक हिसाबले बौद्ध धर्माबलम्बीहरुको कपिलबस्तु महत्बपुर्ण स्थल मानिन्छ । यस ठाउँमा एउटा स्तुप थियो जुन क्रकुछन्द बुद्धले निर्बाणको ज्ञान प्राप्त गरे पछि पिता पुत्रको भेट भएको स्थलमा निर्माण गरिएको तथ्य चिनिया पैदल यात्री फयाहनको पुस्तकमा उल्लेख छ ।

१९९० को दशक नेपाल र ईटलीको संयुक्त टोलीले यस ठाउँको उत्खननका क्रममा ९ औ शताब्दी ईसा पूर्व देखि तेस्रो र चौथो शताब्दी सम्मका मानव बस्ती र उनीहरुले प्रयोग गरेको भाडाकुडाका अवशेष फेला परेको थियो ।

 

LIVE TV