६ कार्तिक २०७३, शनिबार

 

काठमाडौँ, ६ कात्तिक । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बङ्गलादेश सूचना तथा सञ्चार प्रविधि९आइसिटी०मा नेपालभन्दा अगाडि भएकाले नेपालले त्यहाँबाट धेरै सिक्नुपर्ने बताउनुभएको छ ।

Image result for सूचना प्रविधि
बङ्गलादेशमा आयोजित आइसिटी सम्मेलनमा भाग लिएर आज स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “हामी आइसिटी र विकासको प्रक्रियालाई छुट्टाछुट्टै ढङ्गले बुझ्छौँ, सम्पूर्ण कुरालाई आइसिटीसँग जोड्ने कुरामा नै हामी कमजोर छौँ, यो युवाका लागि चुनौती हो ।” यही कात्तिक ३ देखि ५ गतेसम्म चलेको सम्मेलनमा माल्दिभ्स, भुटान लगायत एसियाली मुलुक र अन्य मुलुकका प्रतिनिधिको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV