६ कार्तिक २०७३, शनिबार

हाम्रो फिल्म ईन्डष्ट्रिमा प्राय अभिनेत्रीहरुले आफु बैबाहीक सम्बन्धमा बाँधिईसकेपछि फिल्म क्षेत्रमा कमैको संख्यामा फर्कने गरेका छन् । त्यस्तै, अभिनेत्री मेलिना मानन्धर पनि केहि बर्ष अघि अभिनेता मुकेश ढकाल सँग बैबाहीक सम्बन्धमा बाँधिईन् र केहि समय फिल्म क्षेत्रबाट टाढै रहिन् । तर, हसन राजा खानको फिल्म रोमियो बाट पुनः अभिनेत्री मेलिना मानन्धर फिल्म क्षेत्रमा फर्केकी छिन् । रोमियो फिल्मको औपचारीक अनाउन्समेन्ट कार्यक्रममा २४ क्रिउ सँग कुरा गर्दै अभिनेत्री मानन्धरले आफुले सोचे जस्तो फिल्म नपाएकी हुनाले फिल्ममा काम नगरेकी बताएकी छिन् । तर, नेपाली भाषाका फिल्म नभएपनि बिचको समयमा नेवारी भाषाको धेरै फिल्महरुमा काम गरेकी बताउँछिन् ।

saradsfsacsd
Actress: Melina Manandhar

रोमियो फिल्मबाट राम्रो रोलको अफर आएको हुनाले फिल्ममा काम गर्नका लागि समय मिलाएकी बताईन् । फिल्ममा अहिले सम्मकै उनको भेग्लै अभिनय रहने बताउँछिन् । आफुले गरेकी पहिलेको अभिनयहरु भन्दा पनि बोल्ड र आफ्नो रोजाईनुसारको रोल भएको रोमियोमा रहेको उनले बताईन् । उनले दर्शकहरुलाई आफ्नो अभिनय हेरेर गाली नभएर प्रतिकृया दिन दर्शकहरुलाई आग्रह गरेकी छिन् ।

01

प्रतिक्रिया दिनुहोस्
LIVE TV