६ कार्तिक २०७३, शनिबार

परिवारको आर्थिक अवस्था कमजोर सँगै गरिवी र विभिन्न समस्याले सताएपछि विद्यालय पढ्न छोडेर भागेर भारत पुगेका दैलेखका ३ बालकहरुको उद्दार गरिएको छ । उद्दार गरि ल्याइएका उनीहरुको परिवार समक्ष बुझाइएको छ ।

Image result for भारतको बालगृहमा रहेका दैलेखका ३ बालकहरुको उद्दार

ती बालकहरुलाई प्रमुख जिल्ला अधिकारी, जिल्ला बाल कल्याण समिति, महिला तथा बालबालिका कार्यालय,बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ द चिल्ड्रेन, रुसुफ नेपाल, ईण्डो नेपाल चाल्ड लगायतका बिभिन्न संस्थाहरुको सहजिकरणमा उद्धार गरेर उनीहरुको गृह जिल्ला दैलेख ल्याइएको हो । दैलेख जिल्ला ल्याइएका ती बालकहरुलाई स्थानीय प्रशासन र नागरिक समाजको रोहवरमा अभिभावकहरुलाई हस्तान्तरण गरिएको छ । बालकको उद्धारका लागि स्थानीय सामाजिक सेवा केन्द्र सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले सहजिकरण सँगै पहल गर्नुभएको थियो । उहाँले आफु भारत पुगेर बालबालिका भएको स्थान सम्म अभिभावकलाई सँगै लगेर बालकहरुको उद्धार गर्न सफल भएको बताउँनुभयो ।

भारतमा रहेका नेपाली बालबालिकाहरु निकै दुःख र कष्टकर जीवन विताउन बाध्य भएको र जेल सरह बस्नुपरेको थापाले बताउँनुभयो । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले कलिला उमेरका बालबालिकाहरुलाई बिभिन्न प्रलोभन देखाएर बिदेश लैजाने र उनीहरुको जीवन बर्वाद गराउने गिरोह सक्रिय रहेको बताउँदै सचत रहन अभिभावकहरुलाई आग्रह गर्नुभयो । जिल्ला बालकल्याण समितिले विभिन्न स्थानहरुमा सहजिकरण गरेर बालबालिकाहरुको उद्धारमा सहयोग गरेको क्षेत्रीले बताउँनुभयो ।

दैलेख दुल्लू नगरपालिका –८ का १४ वर्षीय सुन्दरवन सन्यासी दुल्लु – ८ का १५ वर्षीय सुरत गिरी र दुल्लु–९ का टिकाराम पुरीलाई होटलमा काम गर्दै गरेको अवस्थामा भारतको बैग्लोर प्रहरीले पक्राउ गरि बालगृहमा राखेको थियो । उनीहरु तीन महिनादेखि बालगृहमा रहेको र कैदी सरह जीवन जिउन बाध्य भएको बालबालिकाहरुले बताए । नेपालका थप ३२ बालबालिकाहरु भारतको मजाफ्फरपुर जिल्लाको सिकन्धर बालगृहमा उद्दारको पर्खाइमा रहेको ती बालबालिकाहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV