६ कार्तिक २०७३, शनिबार

हेटौँडा, ६ कात्तिक । मकवानपुरका इपापञ्चकन्या, फाखेल, चित्लाङ, सिस्नेरी, कोगटे र भीमफेदी गाविसमा गाँजाखेती नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको छ ।

download-1

भीमफेदीका वडा नं ५ र ८ मा स्थानीय बासिन्दाले गाँजाको खेती गर्न राखेको ब्याड तथा हुर्किएका एक हजार पाँच सय गाँजा र सात सय अफिमको बोट आज नष्ट गरिएको इप्रका भीमफेदीका प्रहरी निरीक्षक वासुदेव थापाले बताउनुभयो ।

गाँजा फँडानी गर्न जिल्ला प्रहरी कार्यालयबाट तीन समूहमा करिब ५५ प्रहरी खटिइएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV