६ कार्तिक २०७३, शनिबार

लुट फिल्मको दोस्रो सिक्वेल फिल्म ‘लुट २’को नयाँ गीत रिलीज भएको छ । ‘लुट २’फिल्ममा समाबेश गरिएको (ठमेल बजार)बोलको आईटम गीत सामिाजिक सञ्जाल युट्युबमार्फत रिलीज गरिएको छ । फिल्मको रिलीज्ड गीतले ठमेल क्षेत्रको विभिन्न डान्सबारको झल्कोको आवास दिन्छ । (ठमेल बजार)बोलको गीतमा मोडल अलिशा राई, दयाहाङ राई, निश्चल बस्नेत लगाएतले फिचरीङ गरेका छन् ।

asdad
रिलीज्ड गीतको शब्द संगीतकार कालीप्रसाद बास्कोटाले लेखेका हुन् । साथै सोही गीतको संगीत संयोजन पनि कालीप्रसाद बास्कोटा आफैले गरेका हुन् । त्यस्तै, उक्त गीतलाई काली प्रसाद बास्कोटा,मीना निरौला र भानुभक्त ढकालले स्वरबद्ध गरेका छन् । नृत्य निर्देशक बिक्रम स्वारले गरेका हुन् ।
पपकर्न पिक्चर्सले प्रस्तुत गर्ने ‘लुट २’फिल्म यहि फाल्गुनको १३ गरेबाट दर्शकमाझ रिलीजमा ल्याउने निर्माण पक्षले जनाएका छन् । फिल्मको कथा र स्क्रीनप्ले निश्चल बस्नेतको रहेको छ । साथै फिल्मको निर्देशन पनि बस्नेत आफैले गरेका हुन् । फिल्मलाई माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत,कर्मा शक्या,ऋचा शर्मा,बिपिन कार्की, प्रविण खतिवडा लगाएतको मुख्य भुमिका रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV