६ कार्तिक २०७३, शनिबार

अभिनेता ऋतिक रोशन अभिनित फिल्म ‘काबिल’को टिजर रिलीज गरिएको छ । टिजर रोमाञ्चक रहेको छ जहाँ अभिनेता ऋतिकलाई देखाईएको छैन, भने उनको भोईस ओभर सुनाईएको छ । ४० सेकेण्ड लामो रिलीज्ड टिजरमा अभिनेता ऋतिकको सिर्फ एक डाईलग मात्र समाबेश गरिएको छ । टिजरमा पुरै ऋतिकको आवाजलाई मात्र समाबेश गरिएका छन् ।

129632-kabil-1245

साथै, ऋतिककोे आवाज सँगै मध्यरातमा सडकमा गुडिरहेको गाडिहरु र झिलिमीली लाईटस्हरु देखाईएको छ । ‘काबिल’फिल्मको निर्देशन सञ्जय गुप्ताले गरेका हुन् । फिल्ममा ऋतिक रोशन लीड रोलमा रहेका छन् । फिल्ममा ऋतिकलाई अभिनेत्री यमी गौतमले साथ दिएकी छिन् । यस फिल्म एक ब्लाईण्ड पुरुषको कहानीमा आधारीत रहेको छ । जस्मा,उनले आफ्नो पुरै जीन्दगी अँध्यारोमा बिताउँछन् । फिल्म २६ जनावरी २०१७मा दर्शकमाझ रीलीज हुनेछ ।

kaabil-759

प्रतिक्रिया दिनुहोस्
LIVE TV