६ कार्तिक २०७३, शनिबार

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रकरणबारे दलहरु आन्तरिक र द्विपक्षीइ छलफलमा जुट्ने भएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले यसबारे समान धारणा बनाउने तयारी गरेका छन् ।
महाभियोगबारे कांग्रेसले औपचारिक निर्णय गर्न नसकेको र माओवादी केन्द्रपनि अलमलमा रहेकोले माओवादी केन्द्रले समान धारणा बनाउने भएका हुन् । आफूसँग सोध्दै नसोधी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अनुमति पनि नलिइ महाअभियोग दर्ता गरिदा सत्ता गठबन्धन नै धरापमा पर्न सक्ने भन्दै कांग्रेसले असन्तुष्टि जनाएपछि सत्ता साझेदार दुवै दल समान धारणा बनाउने समझदारी गरेका हुन् । महाभियोग प्रस्ताव दर्ता गराउँदा सत्तारुढ दलबीच दुरी बढेको जस्तो देखिएकाले दुवै दलले समान धारणा बनाउने तय भएको हो । यसबारे आज कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले छलफल गर्दैछन् । त्यसअघि, माओवादी केन्द्रको केन्द्रिय कार्यालयको बैठक बस्दैछ । बिहान ११ बजेदेखि अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बस्ने बैठकले केन्द्रको धारणा तय गर्नेछ । उता, नेपाली कांग्रेसले पनि यसबारेमा आज नै नेकपा एमालेसँग छलफल गर्ने तयारी गरेको छ ।

LIVE TV