५ कार्तिक २०७३, शुक्रबार

 

नयाँ दिल्ली ९भारत०, ५ कात्तिक । दक्षिण भारतको तामिल नाडू राज्यमा एक निजी ट्युसन केन्द्रमा शुक्रबार पटाका विस्फोटमा एक विद्यार्थीको मृत्यु भएको छ भने तीन जना विद्यार्थी घाइते भएका छन् ।

Image result for पटाका विस्फोट

कोइम्वातुर सहरमा अवस्थित उक्त शैक्षिक केन्द्रमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई कक्षा लिइरहेका बेला भएको उक्त घटनामा एक जना विद्यार्थीको मृत्यु भएको तीन जना घाइते भएका र करिब २०० जना विस्फोटबाट पहिल्यै भागेर ज्यान जोगाउन सफल भएका यहाँका उच्च प्रहरीले जानकारी दिए ।

उनले घटनाको विवरण सार्वजनिक गर्न आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम गोप्य राख्न घटनास्थल पुगेका सञ्चारकर्मीसँग अनुरोध गरे ।

यसैबीच घटनाको छानबिन गर्न एक छानबिन समिति गठन गरी घटनाबारे तथ्य बाहिर ल्याउन राज्य सरकारले प्रशासनलाई निर्देशन दिएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
LIVE TV