५ कार्तिक २०७३, शुक्रबार

काठमाण्डौं उपत्यकाका विभिन्न स्कुलमा बम विस्फोट गराउने समुहले माओवादी छामामार शैली अपनाएको खुलेको छ । यो समुहसँग माओवादी द्धन्दकालका आधुनिक हतियार र युद्ध कौशल समेत रहेको प्रहरीले जनाएको छ ।

Image result for योजनाकार पक्राउ
गत असोज ४ गते स्कुलहरुमा बम विस्फोट गराउने समुहका थप २ जना मुख्य योजनाकारहरु पक्राउपछिको अनुसन्धानबाट माओवादीका पूर्वलडाकुबाट काठमाडौँ उपत्यका असुरक्षित रहेको निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरीले मुख्य योजनाकार मानिएका क्रान्तिकारी कम्युनिष्ट केन्द्रका महासचिव समेत रहेका केशब दाहाल र आफूलाई त्यस पार्टीको विद्यार्थी संगठनका संयोजक बताउने मिन देवकोटा भन्ने विनोद थापालाई पक्राउ गरि अनुसन्धान गर्दै छ ।
घटनाको एक महिनापछि पक्राउ परेका यिनीहरुलाई शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्बजनिक गरेको हो । मुख्य योजनाकार दाहाल र देबकोटासंगै मुस्तकिम अन्सारी, शंकर लाखे, चन्द्रबहादुर तामाङ र विष्णु पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले माओबादी कम्युनिष्ट केन्द्रको परिचयपत्र, सोहि पार्टिको नाम लेखिएको लेटरप्याड, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्र योङ कम्युनिष्ट फोर्स नेपालको पर्चा, प्रेसर कुकर, खाली र भरी अबस्थामा रहेको सुर्य ज्योती लेखिएको सिलिण्डर, विभिन्न तारहरु र सिमकार्डहरु बरामद गरेको छ । अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले दाहाल र देवकोटालाई काभ्रेस्थित एक घरबाट पक्राउ गरेको प्रहरी परिसर एसएसपी विक्रमसिंह थापाले जानकारी दिनुभयो ।
घटनामा फरार रहेका घटनाका अर्का मुख्य योजनाकार एवम् पार्टि अध्यक्ष समेत रहेका देवेन्द्र सिंह महताको खोजी भइरहेको प्रहरीले जनाएको छ । माओवादी पूर्वलडाकुहरुलाई समेटेर महतले माओवादी केन्द्रसँग मिल्दोजुल्दो समूह बनाएर छापामार शैलीमा बम र चन्दा आतंक फैलाउँदै आएको प्रहरीले जनाएको छ ।
माओवादी कम्युनिष्ट केन्द्र नेपाल अर्धभूमिगत समूह हो । गत असोज ४ गते काठमाडौं र ललितपुरका विद्यालयहरुमा बम विष्फोट गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV