५ कार्तिक २०७३, शुक्रबार

 

कैलाली, ५ कात्तिक । नेपाल–भारत सांस्कृतिक पर्यटन व्यापार प्रवद्र्धन मेला आजदेखि यहाँ सुरु भएको छ ।

Image result for नेपाल–भारत

नेपाल टेन्ट व्यवसायी सङ्घ कैलाली शाखाको आयोजनामा गोदावरी एक्स्पो २०१६ तथा नेपाल–भारत सांस्कृतिक पर्यटन व्यापार प्रवद्र्धन मेलाको उद्घाटन ९माओवादी केन्द्र०का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले गर्नुभयो ।

नेता भट्टले यो मेलाले जातीयवादलाई प्रहार गरेको भन्दै देशमा रहेका सबै जातजातीले एकअर्काको भाषा, संस्कृतिलाई सम्मान गर्नुपर्ने धारणा राख्नु भयो ।

मेलामा नेपालका पाँच विकास क्षेत्रमा रहेका परम्परागत तथा लोकप्रिय सांस्कृतिक कार्यक्रम तथा भारतको लोकप्रिय मयुर नाच, मुगल नाच र कच्ची घोडीजस्ता प्रसिद्ध परम्परागत सांस्कृतिक नृत्यको प्रदर्शन गरिने मेला आयोजक समितिका संयोजक विनोद मल्लले बताउनुभयो । मेला कात्तिक १४ गतेसम्म चल्ने मेला आयोजक समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV