५ कार्तिक २०७३, शुक्रबार

सल्यान, ५ कात्तिक । चाडपर्वका समयमा गाउँ गाउँ गएर मादल बिक्री तथा अन्नपात मागेर गुजारा गर्दै आएका वादी समुदायका महिला पुख्र्यौली पेसा छाडेर मजदुरी गर्न थालेका छन् ।

Image result for वादी समुदायका महिला
सीमान्तृकत समुदायका रुपमा रहेका वादी समुदायका महिला मागेर मात्रै जीवन गुजार्न गाह्रो हुन थालेपछि विभिन्न निर्माणमा सहभागी हुन थालेका हुन् । देवस्थल–९ र मूलखोला–८ मा बसोबास गर्दै आएका वादी महिला निर्माण कार्यमा सहभागी हुनथालेको देवस्थल ९ की माघी वादीले बताउनुभयो । “मागेर न त आवश्यकता परिपूर्ति हुन्छ न त इज्जत नै, त्यही भएर हामीले मजदुरी गर्न थालेका हौं” माघीले भन्नुभयो “जे काम गरे पनि दैनिक ५ सय रुपैयाँ ज्याला पाइन्छ, यही मजदुरीबाट जीवन गुजार्छाँै ।”
वादी समुदायका महिलाले सिंचाइ कुलो, पुल निर्माण जस्ता कार्यमा पनि सहभागी हुने गरेको मूलखोला ८ की चिनी वादीले बताउनुभयो । “वादी समुदायलाई हेपाहा दृष्टिले हेरिन्छ, पहिलेकाले जे गरे त्यही गर्नुपर्छ भन्ने कहाँ हो र, हामी पनि केही गर्न सक्छौँ भन्ने आँट छ” चिनीले भन्नुभयो । आफूहरुले पुख्र्यौली पेसा छाडेपछि परिवर्तन भएको उहाँको भनाइ छ । “पहिले हामी मादल बिक्री गर्न गाउँ गाउँ जानुपथ्र्यो, अहिले मादल खरिद गर्न हामीकहाँ गाउँ गाउँबाट मानिसहरु आउँछन्”, उहाँले भन्नुभयो ।
अति विपन्न समुदायका रुपमा रहेको वादी जातिको सङ्ख्या विसं २०६८ को जनगणनाानुसार यहाँ सात सय ७३ छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV