५ कार्तिक २०७३, शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहालले दोश्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएसंगै निकै समस्याहरुसँग एकसाथ जुध्नु परेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीका रुपामा दोस्रोपल्ट बालुवाटारमा छिरेपछि खुकुरीको धारमा हिड्नु परेको बताउनुभयो ।

Image result for पुष्पकमल दाहालले
नेकपा माओवादी केन्द्र र विद्रोही माओवादीबीचको पार्टी एकता सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिले आफूलाई पहिलो पटक प्रधानमन्त्री हुँदा जस्तो सजिलो नभएको प्रष्ट पार्नुभयो । उहाँले आफूले माओवादीहरुलाई एकतावद्ध र सन्तुलित विदेश नीति लिन चाहेका कारण चौतर्फी आक्रमण खेप्नु परेको बताउनुभयो ।
एकता सभामा प्रधानमन्त्री दाहालले माओवादी विभाजन भएसँगै पार्टीलाई सिध्याउन लागिपरेको शक्तिले आफु र आफनो नेतृत्वलाई चुनौती दिने गरेको बताउनुभयो । उहाँले माओवादहिरुबीचको एकिकरणले पार्टीलाई सिध्याउन चाहनेहरु कमजोर बन्ने विश्वास व्यक्त गर्नुभयो ।

LIVE TV