५ कार्तिक २०७३, शुक्रबार

पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ एन्फाको चुनावबारेमा आज दुवै पक्षलाई बोलाएको छ । रेफ्री समितिका विनोद केसीसहितले रिट दायर गरेपछि अदालतले छलफलका लागि बोलाएको हो ।

patan
एन्फाका अध्यक्ष र उपाध्यक्षको चुनावका बारेमा विवाद बढेपछि परेको उजुरीमा छलफल गर्न अदालतले आज दुवै पक्षलाई बोलाएको हो । यसअघि अदालतले शुक्रबारसम्म चुनावी गतिविधि सञ्चालन नगर्नरनगराउन अन्तरिम आदेश दिएको थियो । एन्फाको आउँदो ८ गते हुने अध्यक्ष र उपाध्यक्ष पदको चुनावका लागि उम्मेदवारले प्रचारप्रसार तीब्र बनाएका छन् । फुटबल महासंघ फिफाले भ्रष्टाचारको आरोपमा गएको वर्ष अध्यक्ष गणेश थापालाई प्रतिबन्ध लगाएपछि एन्फाको अध्यक्ष पद रिक्त छ । यस्तै उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि उपाध्यक्ष पद पनि रिक्त छ । अध्यक्षका लागि कार्यावाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र कर्माछिरिङ शेर्पा प्रत्यासी छन् । श्रेष्ठ पक्षबाट उपाध्यक्षमा मणि कुँवर र शेर्पा पक्षबाट दीपक खाती उम्मेद्वार छन् भने उपेन्द्रमान सिंहले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV