५ कार्तिक २०७३, शुक्रबार

युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले सहज जित दर्ता गरेको छ । समूह एमा रहेको म्यानचेस्टर युनाइटेडले टर्किस क्लब फेनरवाचीलाई ४–१ ले हराएको हो ।

399008fc00000578-3856626-image-m-37_1476993439447
युनाइटेडको जितमा यो सिजन कीर्तिमानी मूल्यमा इटालियन क्लब युभेन्टसबाट आएका पउल पोग्बाले दुई तथा एन्थोनी मार्शल र जेसी लिङगार्डले एक एक गोल गरेका हुन् । फेनरवाचीका लागि रोविन भान पर्सीले एक गोल फर्काए । ३१ औं मिनेटमा पाएको पेनाल्टीमा पोग्बाले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । ३४ औं मिनेटमा पाएको अर्को पेनाल्टी अबसरलाई मार्शलले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा पोग्बाले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा युनाइटेडको अग्रता ३–० मा र्पुयाए । ४८ औं मिनेटमा लिङगार्डले गोल गर्दै युनाइटेडको अग्रता ४–० मा र्पुयाए । ८३ औं मिनेटमा भान पर्सीले आफ्नो पूर्व क्लब विरुद्ध एक गोल फर्काए । जितपछि तीन खेलबाट ६ अंकसहित युनाइटेड समूहको दोस्रो स्थानमा छ । चार अंकसहित फेनरवाची तेस्रो स्थानमा छ । राति नै भएको खेलमा जोर्या लुहान्स्कलाई १–० ले हराएको फेयनोर्ड ६ अंक नै भएपनि गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ । राति नै भएको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले इंग्लिस क्लब साउथह्यामप्टनलाई १–० ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV