५ कार्तिक २०७३, शुक्रबार

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले आफ्नो मुलुकले अमेरिकासँगको सहकार्यलाई अन्त्य गरेको घोषणा गरेका छन् । चीन भ्रमणमा रहेका उनले चिनीया राष्ट्रपति सी जिनपिङसंगको भेटमा यस्तो बताएका हुन् ।

duterte-obama-090516
फिलिपिन्स लामो समयदेखि अमेरिकाको सहयोगी रहँदै आएको चर्चा गर्दै राष्ट्रपति डुटेर्तेले अव भने सहकार्य अन्त्य भएको घोषणा गरेका हुन् । उनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई तियानमिनस्थित स्क्वाएर ग्रेट हल अफ द पिपुल्समा भेटेपछि अमेरिकासँगको सहकार्य अन्त्य भएको घोषणा गरे । चिनियाँ राष्ट्रपति सी र फिलिपिन्सका राष्ट्रपति डुटेर्तेबीच आगामी दिनमा दुई छिमेकीबीचको विश्वासलाई थप मजबुत एवम् मैत्रीपूर्ण बनाउँदै अघि बढ्ने र सामुद्रिक सीमानामा देखिने विवादलाई वार्ताद्वारा कम गर्दै जाने विषयमा छलफल भएको फिलिपिन्सले जनाएको छ ।
यसैबीच, अमेरिकाले भने फिलिपिन्सद्वारा अमेरिकासँगको सहकार्य अन्त्य गर्ने सम्बन्धमा कुनै औपचारिक पत्राचार नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV